चिउडोमा मास्क, छैन् सामाजिक दुरी

  • असोज २७, २०७७
  • " तेजबहादुर बन "
alt

इटहरी । चाडपर्वको समयलाइ मध्यनजर गर्दै संचालनमा आएका सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।

पूर्वबाट इटहरी हुदै धरान बिराटनगर लगायत अन्य स्थानहरूमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरूमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले सोमबार गरेको अनुगमनकै क्रममा सार्वजनिक बसका चालकहरूले नै मास्क चिउडोमा लगाउने गरेको सेनिटाइजर प्रयोग नगरेको पाइएको छ ।

कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार देखि नियमित यात्रुबाहक वस तथा सवारी साधनहरूमा अनुगमन थालेको छ । सरकारले जारी गरेको मापदण्डको पालना नगरी राजमार्गमा गुडाइएको एक दर्जन बढी सार्वजनिक यातायातका साधनहरूलाइ ट्राफिक प्रहरीले करीब एक घण्टा नियन्त्रणमा लिएर चेतावनी सहित छोडेको छ । अनुगमनको क्रममा अधिकांस सार्वजनिक यातायातमा चालक, सहचालक र यात्रुहरूले मास्क, सेनिटाइजर प्रयोग नगरेको पाइएको थियो ।

कोरोना संक्रमण बहाना गर्दै केहि सार्वजनिक यातायातहरूले यात्रुहरूबाट मनपरि भाडा असुल्ने गरेको र यातायात सञ्चालनका लागि सरकारले जारी गरेको मापदण्ड पालना नगरेको गुनासो बढेपछि प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार इटहरीमा सवारी चेकिङ एवम अनुगमन गरेको थियो ।

अनुगमनकै क्रममा मापदण्ड पुरा नगरी राजमार्गमा गुडाइएका दर्जन बढी सार्वजनिक यात्रुबसहरूलाइ केहि समय नियन्त्रणमा लिएर कोरोना भाइरसबारे सचेतना जगाउँदै एक पटकलाइ चेतावनी दिएर छोडिएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिमिल्सीनाले बताए । उनले भने, ‘यो अनुगमन चाडपर्वलाइ मात्र लक्षित नगरी अब नियमित हुनेछ ।’

प्रहरीले इटहरीको पूर्वस्टेन, धरान लाइन र बसपार्कमा अन्यस्थानबाट आउने र छ्रुटने सार्वजनिक यात्रुवस तथा निजि सवारीसाधनहरूमा अनुगमन गरेको छ ।

 

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved