नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चक्रघट्टीका सन्तोष चौलागाईंको उम्मेदवारी

  • असोज २५, २०७७
  • "सुबिन बिश्वकर्मा "
alt

बराहक्षेत्र । आगामी पौष १ गतेदेखि ४ गतेसम्म हुन गइरहेको नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनमा बराहक्षेत्र नगरपालिकाका चक्रघट्टी जेसीजको तर्फबाट बर्ष २०२० का शाखा अध्यक्ष जेसी सन्तोष चौलागाईंले उम्मेदवारी दिएका छन् ।

चक्रघट्टी जेसीजले वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवारको रूपमा अध्यक्ष चौलागाईंलाई सर्वसम्मत निर्णय गरि पठाइएको र नेपाल जेसीजको सचिवालयमा उम्मेदवारी दर्ता समेत भइसकेको महासचिव जेसी सञ्जय राउतले जानकारी दिए ।
विधिको शासन, बन्धुत्वको भावना र मानवताको सेवालाई सर्वोपरि ठान्दै स्थानीय शाखाको रूपमा रहेको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टी जेसीजले युवाहरूमा नेतृत्व विकास तथा समाजप्रति उत्तरदायित्व वहन गर्दै निरन्तर कार्य गर्दै आइरहेको चौलागाईंले बताए ।

‘सन् २०१३ बाट स्थापना भएको चक्रघट्टी जेसीजका युवाहरू आजसम्म नेपाल जेसीजको नेतृत्व तहमा पुग्न सकेका छैनन्’, चक्रघट्टी जेसीजका कार्यकारी उपाध्यक्ष तीर्थराज भट्टराईले भनें ‘हामीले यसपटक नेपाल जेसीजको नेतृत्व गर्न सक्ने क्षमतावान तथा उर्जाशील युवालाई सशक्त रूपमा अगाडि बढाएका छौँ ।’

संस्थापक उपाध्यक्षबाट आफ्नो जेसीज यात्रा शुरू गरेका चौलागाईं वराहक्षेत्र नगरपालिकाकै कुशल र उदयमान युवाका रूपमा परिचित छन् । युवाहरूको माझमा मात्रै नभएर बुढापाका तथा केटाकेटीहरू सबैको नजरमा उनी प्रिय छन् ।

क्षमतावान तथा योग्य उम्मेदवार एवम् ग्रामीण शाखाको प्रतिनिधित्व गर्ने उम्मेदवार भएका कारण पनि सम्पूर्ण जेसीज मनहरूले मन र मत दिएर बिजयी गराइदिनु हुनेछ भन्ने अपेक्षा सहित सन्तोष चौलागाईंलाई उम्मेदवार बनाएको कार्यकारी उपाध्यक्ष लोमश दाहालले बताए ।

चक्रघट्टी जेसीजको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएकाले हिजोको जस्तै माया र आशिर्वाद दिई अत्याधिक बहुमतले आफुलाई बिजयी गराइदिन चौलागाईंले सबैलाई अनुरोध समेत गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved