इटहरिमा २ जना कोरोना संक्रमितको मृत्यु
- असोज १५, २०७७
- "कोशीपत्र/संवाददाता"
इटहरी/ सुनसरीको इटहरीस्थित चर्चीत पराजुली होटलका सञ्चालक शिव पराजुलीको कोरोना संक्रमण संगै निमोनीयाका कारण बिहीबार मृत्यु भएको छ ।
पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोभिड १९ असपतालमा मृत्यु भएको हो ।
पराजुलीलाइ स्वास प्रस्वासमा समस्या देखिए पछि उनको असोज १४ गते बुधबार बिराट मेडिकल कलेजमा पिसिआरबाट स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट कोरोना पोजेटिभ देखिएसंगै सो मेडिकलले बिरामीलाइ धरान स्थित बिपी प्रतिष्ठान धरानको कोबिड १९ असपतालमा रेफर गरेको थियो ।
पराजुली इटहरी स्थित क्षेत्रीय रंगशालामा र्निमाण भएको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाइ खाना खुवाउदै आएका थिए । पराजुलीको निधनसंगै इटहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
इटहरीमा दैनिक संक्रमणको दर बढेसंगै मृत्युदर समेत बढेपछि तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयले चर्चा पाएको छ ।
हाल इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ५ सय १६ पुगिसकेको छ । यो संख्या सुनसरीको १२ वटा स्थानीय निकायहरु मध्ये सबैभन्दा बढी संक्रमित भएको निकाय मानिदै आएको छ ।
इटहरीलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा इटहरीका मेयर द्घारिकलाल चौधरीले संक्रमणको दर र मृत्युदरलाइ मध्यनजर गर्दै थप सुरक्षा सतरकता अपनाएर काम गर्ने र आवस्यक परेको खण्डमा पुन लकडाउन र्गन सकिने बताए।