विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अनलाइन अडिसन शुरु

  • असोज १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको कारण स्थगीत रहेको विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अडिसन लकडाउन खुले सँगै शुरु भएको छ ।
साँस्कृतिक जागरण गर्ने उद्देश्यले विगत ६ वर्ष देखि किरात राई साँस्कृतिक कलाकार संघले प्रतियोगिताको आयोजना गर्दै आएको छ । जेठ २२ गते हुदै आएको प्रतियोगिता यस वर्ष कोरोनाको कारण रोकिएकाले भदौ २७ गते देखि खुल्ला गरिएको संघले जनाएको छ ।

किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिताको अडिसन अनलाईनबाट हुने भएको छ । कोरोनाको कारण अनलाइन मार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अडिसन भदौं २७ गते देखी नै खुल्ला गरिएको संघका अध्यक्ष रामकर राईले बताए । उनले भने, ‘संस्थाको स्थापना दिवशको अवसरमा प्रत्येक वर्ष यलम्बर संगित प्रतियोगिता आयोजना गदै आएका थियौं । तर, यो वर्ष कोरोना महामारीका कारणले अनलाइन मार्फत प्रतियोगिताको आयोजना गर्न लागेका छौं ।’ खुल्ला प्रतिस्पर्धा रहेकाले हो । विश्वको जुनसुकै ठाउँबाट प्रतियोगिहरु सहभागि हुन पाउने उनले बताए ।

उनका अनुसार आउँदो असोज १६ गते भित्र अडिसनमा भाग लिइसक्नु पर्नेछ । प्रतियोगितामा सबै उमेर समुहका किरात राई समुदायले भाग लिन पाउने उनले बताए । प्रतियोगितामा किराती मौलिक जागरणका गित मात्र गाउन पाउने अध्यक्ष राईको भनाई छ । उनले भने, ‘प्रतियोगिले किराती मौलिक जागरणका गित गाएको भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ, प्रतियोगितामा सबै उमेर समुहका किरात राई समुदायले भाग लिन पाउनेछ । गाउँदा माइक्रोफोनको प्रयोग गर्न पाइने छैन ।’

प्रतियोगिले आफुले गाएको गितको भिडियो संघको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने संघका सचिब सुरज मेवाहाङ राईले बताए ।
प्रतियोगितामा अडिसन राउण्डदेखी फाइनल राउण्डसम्म प्रतियोगिले चार वटा प्रस्तुति दिनुपर्ने र अन्य राउण्डहरुमा आयोजकले दिएको गित पनि गाउनुपर्ने उनले बताए । उनका अनुसार पहिलो अडिसनबाट टप ३० छनौट गरिने छ । यस्तै, दोस्रो चरणका लागि टप २० छनौंट हुदै फाइनल चरणका लागि अन्तिम १० छनौट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको दोस्रो र तेस्रो विजेताले क्रमशः नगद १५ हजार र तेस्रोले नगद १० हजार रुपैयाँ सहित ट्रफी पाउने छन् । यस्तै, टप १० प्रतिस्पर्धीहरुको भिडियो लाइकको आधारमा सबै भन्दा धेरै लाइक पाउनेलाई ‘स्रोता छनौंट’ विजेता घोषणा गरी नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल आगामी कार्तिक दोस्रो साता हुने आयोजकले जनाएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved