विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिए संगै ६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको छ ।
सुनसरीमा संक्रमण पुष्टि भएका ३६ जना मध्ये १२ महिला र २४ पुरुष रहेका छन् । त्यसै गरि मोरङमा ३० जना संक्रमित मध्ये ९ महिला र पुरुष ११ जना रहेका छन् । उता ओखलढुङ्गामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ भने खोटाङमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा २ पुरुष, धनकुटा र इलाममा १–१महिलामा कोरोना पुष्टि भएको छ । प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार ४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २१ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।