धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
विहिबार राती उपचारमा रहेका धरान २ का एक ३८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तकलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज १२ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो ।
उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको तर प्रतिष्ठानको इमर्जेसिमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको उनले बताए । उनको मंगलबार बिहान ५ः४५ बजे मृत्यु भएको जनाएको छ ।
मृत्तकको शव व्यवस्थापन नियम अनुसार व्यवस्थापन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।