प्रदेश १ मा ९१ संक्रमित थपिए

  • असोज ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालि सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved