ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान

  • भदौ २४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेनिटाईजर लगायत सुरक्षित सामग्रीहरु संयुक्त रुपमा वितरण गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

दिन प्रतिदिन कोरोना भाईरस संक्रमण महामारीको रुपमा फैलिदै गएको विषम परिस्थितिमा पनि ट्राफिक प्रहरीहरुले फन्ट लाईनमा रहेर नागरिकहरुको सुरक्षाको लागि निरन्तर काम गरी रहेकाले संक्रमणको जोखिमबाट बच्नको लागि सुरक्षा सामग्रीहरु वितरण गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सुरक्षित सामग्रीहरु उपलब्ध गराएर उद्योग वाणिज्य संघ धनकुटाले महत्वपूर्ण सहयोग गरेको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्काले बताए । धनकुटामा अहिलेसम्म ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २० जना निको भएर घर फर्किसकेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved