काठमाडौ प्रकाशित / आज थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।
नेपालमा मृतकको संख्या २७१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २७ हजार १२७ जना रहेका छन् ।
शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्।