कोरोनाबाट २४ घण्टामा विराटनगरका दुईसहित मोरङका तीन जनाको मृत्यु

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ ।
उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार दिउँसो आईसोलेसनमा भर्ना गरिएको थियो ।
उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा।

विराटनगर–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ नै मृत्यु भएको छ । उनमा पेटछात्ती दुख्ने र श्वासप्रश्वास सम्बन्धी समस्या बढेपछि न्यूरो अस्पताल विराटनगरले धरान रिफर गरिदिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शव व्यवस्थापनको तयारी थालिएको जानकारी दिएका छन ।
विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्रका अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ५५ को पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको बताइएको छ । शुक्रबार साँझयता उपचारका क्रममा विराटनगरका दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । विराटनगर ९ की अर्की एक ७० वर्षीया महिलाको पनि कोसी अस्पतालमा मृत्यु भएकी महिलाको पनि स्वाब परीक्षण गर्न पठाइएको आईसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved