काठमाडौ प्रकाशित / आज थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।
नेपालमा मृतकको संख्या २५७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७ जना रहेका छन् ।
बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन्।
देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।