धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै

  • भदौ १७, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ ।
भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो ।

कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ ।

१९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्योगिक ग्राममा स्थापना गरिएको आइसोलेसनमा रहेका छन् ।
यस अघि लागु गरिएको निषेधाज्ञामा दैनिक बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म मात्र पसल खुल्ला गरिएको थियो । तर डिसीसीएमसीको आज बसेको बैठकले सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म र साँझ ५.०० बजेदेखि ७.०० बजेसम्म दैनिक उपभोग्य खाध्य सामग्रीहरुको पसल स्वास्थ्य प्रोटोकलको पालन गर्दै खरिद विक्री गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।

यो समयमा औषधी पसल बाहेकका कुनै पनि पसलहरु तोकिएको समय बाहेक खुल्ला रहने छैनन् ।

त्यस्तै सरकारी कार्यालयहरु सकेसम्म विधुतीय माध्यमद्धारा वा ५० प्रतिशत कर्मचारीलाई सहभागी गराएर संचालन गर्न पाउने छन् भने वित्तिय संस्था तथा बैकहरु विधुतीय सेवा बाहेक अन्य गर्न नपाउने निर्णय गरिएको छ ।

यता सर्वसाधारणलाई नागरिकहरुलाई अत्यावश्यक काम बाहेक पूर्णरुपमा निषेध गरिएको छ भने अन्य कर्मचारीहरुलाई सम्बन्धित कार्यालयको कार्ड लगाएर मात्र हिड्डुल गर्न व्यवस्था गरिएको छ ।3 copy

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved