विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि भदौ २२ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइन छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधा सम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खल्ला गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाइएको छ ।
सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाईएको छ । सार्वजनिक सवारी साधन बन्द रहने छन । बाहिरी जिल्लाका सवारीलाई पनि आउन रोक लगाइएको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन भने सञ्चालन गर्न पाइने छ । सिटीरिक्सा पनि चल्न पाउने छन ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारी कार्यालयले आलोपालो गरी न्यूनतम कर्मचारी खटाएर भदौ २१ गतेबाट तालिका अनुसार सेवा दिनुपर्ने छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने छन् । राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न पाइने छैन ।