मास्क नलगाएको भन्दै कोशी पुलमा बेलका प्रहरीको दादागिरी

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 वराहक्षेत्र । बेलका नगरपालिका र वराहक्षेत्र जोड्ने चतराघाटस्थित कोशी पुलमा बेलका प्रहरीले दादागिरी देखाउदै मास्क नलगाउने बाट पैसा असुलेर यात्रुहरु लाई दुख दिने गरेको पाइएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण तथा बाहिर बाट बेलका प्रबेश गर्ने यात्रुहरुलाइ चेकजाँच गर्न बसेको प्रहरीको टोलिले दादागिरी शैलीमा रकम उठाउने गरेको स्थानीयको गुनासो छ । मास्क नलाएको भन्दै पुलमा ओहोर दोहोर गर्ने पैदल यात्रु लाई जरीवना लिने तर चिनजान भएको मोटरबाइक र चार चक्के गाडीलाई निर्वाध आउजान गर्न दिने गरेको यात्रुहरुको आरोप छ ।

प्रहरीको ज्यादतीमा पत्रकार सन्तोष गुप्ता पनि परेका छन् । कोशीपुल स्थित ढाटमा प्रहरीले दादागिरी शैलीमा जरीवाना असुलेको गुप्ताले बताए । नगरपालिकाको रंगमहल स्थित प्रेस युनियन तथा ग्रामीण पत्रकार समुहको टोलि कार्यक्रममा वाट चतरा फर्कदै गर्दा ढाटमा खटिएका हवल्दार केएन कोईराला र प्रहरी जवान युवराज राईले, मास्क नलगाउन छुटेकाले मास्क लगाउदा पनि जबरजस्ती बिल काट्ने गरेको बताए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ संग सम्बन्धित उल्लेख भएको जिल्ला प्रशासन कार्यलय उदयपुरको नगदि रसिदमा जवरजस्ती एक सय रुपैया कटाएको गुप्ताले बताए । मुखमा कपडाले छोपेको भएपनि महिला र बच्चा लाई समेत जरिवाना तिराईएको उनले बताए । उनले भने, `मास्क नलगाई खुल्लम खुल्ला उदयपुर जादै गरेको बोलोरेको गाडी तथा सोमवारे वाट आएको मोटरबाइकलाई भने जरीवाना नलिई त्यसै जान दियो।´

विरोध गर्दा प्रहरीले उल्टै हप्कीदप्की गरेको उनले बताए । पुलमा चिनजान भएको लाई केही नगर्ने तर सर्वसाधारण लाई भने मास्क नलगाएको बाहानामा दुख दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved