सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताए

  • भदौ १४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, १४ भदौ / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताएका छन् ।

धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरीक्षण गर्न आएका मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पताल पिसिआर परिक्षण मेसिन जडान गरिएको बताउँदै यसपछि अब धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन राख्न लागिएको बताए ।

उनले धनकुटामा पिसिआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको र प्रदेश सरकारको सिफारिसमा संघीय सरकारबाट पनि बजेट विनियोजन भएको बताए ।

प्रदेश १ का छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका जिल्ला झापा, मोरङ, सुनसरी र इलाममा कोरोना सक्रमण बढी रहेको उल्लेख गर्दै बाँकी अन्य जिल्लामा कोरोना संक्रमणको समस्या कम भएको मन्त्री घिमिरेले बताए ।

धनकुटा अस्पताललाई एक सय बेडको अस्पताल स्तरोन्नति गर्न र धनकुटा शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको पनि स्पष्ट पारे । सो अवसरमा धनकुटा अस्पताल र शिक्षण अस्पताल बनाउन प्रदेश सरकार समक्ष सिफारिस भएका ठाउँहरुको अनुगमन समेत मन्त्री घिमिरेले गरेका छन् ।samajik bikash mantri

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved