संक्रमितको शव उठ्न चार दिन लाग्यो

  • भदौ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चार दिनपछि प्रशासनले उठाएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शवगृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसंग समन्वय गरेपछि चा दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपति आफूहरुले नै शवगृहमा शव व्यवस्थापन गरेको जानकारी दिए ।

महोत्तरीको ती मृतकको शव लिन उताबाट समेत प्रशासनले चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफैंले एम्बुलेन्सको व्यवस्थापन गरी आज त्यसतर्फ पठाई दिएका हुन ।

शव न्यूरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखेका हुन । प्राटोकलअनुसार नेपाली सेनाले शव उठाउने गरिन्छ । प्रजिअ निरौलाका अनुसार महोत्तरीमै सदगत गर्ने गरी शव पठाइएको हो ।

अस्पतालले ती पुरुषको उपचारमा लागेको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार खर्चसमेत छुट गरिदिएको जनाएको छ । गत साउन ३१ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनका टाउकाको नसा सुकेर लकुवा लागेको थियो । पछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved