प्रदेश १ मा ६४ संक्रमित थपिए

  • भदौ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ८ भदौ । प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् ।
मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबमट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार आज सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved