सुन्दरहरैचाका ३ वार्ड सिल गरिने

  • भदौ ७, २०७७
  • "तेज बहादुर बन"
alt

इटहरी । एउटै परिवारका ६ जना सदस्य सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुन्दर हरैचाको ३ वटा वार्ड तत्काल सिल गर्ने निर्णय गरेको छ ।
आइतबार ४ नं वडा कार्यालयमा बसेको जनप्रतिनिधि लगायत सर्वपक्षीय भेलाले सुन्दरहरैचाको वडा नम्बर ४ , ५ र ६ लाइ तत्काल शिल गर्ने निर्णय गरेको हो ।
भदौ ८ गते बिहान ४ बजेबाट भदौ १२ गते राती १२ बजे सम्म लागु हुनेगरी ५ दिन सम्मलाइ ३ वडा सिल गर्ने निर्णय गरिएको वार्ड नं ४ का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

सिल गरिएको समयमा अतिआवस्यक बाहेकको सबै सेवाहरू बन्द गर्न सबैलाइ माइकिङ सहित सुचना जारी गरिएको जनाइएको छ । सिल गरिएका वार्डहरु मध्ये ४ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन । ४ मा एकै परिवारका ६ जनामा कोरोना पुष्टि भएको थियो । बिदा लिएर घर आएका सशस्त्र प्रहरी हवलदार , ४ वर्षिय बालक र ६५ वर्षिय ज्येष्ठ नागरिक सहित एकै परिवारका ६ जनामा कोरोना संक्रमण देखिएको थियो । वार्ड नं ४ मा कुल संक्रमितहरूको संख्या १० पुगेको हो ।

त्यस्तै वार्ड नं ५ मा अहिले सम्म १ जना र ६ मा १ जना गरी कुल १२ जनामा कोरोना पुष्टि भइसकेको छ । संक्रमण थप फैलन नदिन गाउमा उच्च सतर्कता अपनाउदै तिन वटा वार्डहरू तत्काल सिल गरिएको ४ नं वडाका वडाध्यक्ष श्रेष्ठले बताए । यता शनिबार साझ सम्म आइपुग्दा सुन्दरहरैचा नगरपालीका क्षेत्रमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ३४ पुगेको छ ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved