प्रदेश १ मा १ सय २ संक्रमित थपिए

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ६ भदौ । प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved