सुनसरी । कोरोना भाइरसका कारण अस्पतालमा भेन्टिलेटरको अभाव भए पछि समयमै उपचार हुन नसक्दा सुनसरीको कोशी गाउँपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।
शनिबार दिउँसो एक्कासी हर्टअट्याक भए पछि अस्पताल पुर्याइएको थियो । तर समयमै भेन्टिलेटरमा राखेर उपचार गराउन नसक्दा उनको मृत्यु भएको हो । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएको थियो ।
उपचारकै क्रममा मृत्यु भएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।