सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी । सुनसरी स्थित दुहबी क्षेत्रको औद्योगिक करिडोरमा रहेका ३ उद्योगमा कार्यरत ११ मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । दुहबी क्षेत्रमा संचालन भइरहेका पुर्बान्चल डिस्टिलरी प्राली, प्रिमियम स्टिल प्राली र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा कार्यरत १ महिला सहित ११ जनामा कोरोना संक्रमित देखिएका हो । पुर्बान्चल डिस्टिलरी प्रालीमा भेटिएका ३ मध्ये २ जना दुहबी वडा नम्बर ४ का बर्ष ४२ र ५५ का पुरुषहरु रहेका छन् भने १ जना दुहबी ६ का २३ बर्षका पुरुष रहेका छन् । त्यस्तै अन्नपूर्ण जुत्ता चप्पल उद्योग१ जना बर्ष ५३ कि र मधेली १ कि महिला रहेकी छिन ।
यता प्रिमियम स्टिल प्रालीका ७ जना पुरुषहरु मध्ये बर्ष २६ का पथरि मोरङ, बर्ष २८ का लौकहि सुनसरी, बर्ष ५० का मझौ सुनसरी, बर्ष २७ का बुढीगंगा मोरङ, बर्ष ३० का छपरा भारत, बर्ष ३८ का खनार र १ जनाको ठेगाना र उमेर नखुलेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले जानकारी दिएकी छन् । दुहबीमा संक्रमितको संख्या ६१ पुगेको छ भने १६ जना निको भएर घर फर्कीसकेका छन ।