विराटनगर महानगरले पीसीआर मेसिन खरिद गर्यो,अब आजको आजै कोरोना नतिजा

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ । संक्रमितको व्यवस्थापन प्रदेश सरकारको जिम्मेवारी भएपनि बेवास्ताका कारण स्थानीय तह आफैंले आईसोलेसन संचालन गर्न थालेका छन् । मोरङमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आईसोलेसन सुरु गरिसकेका छन् ।

विराटनगर महानगरपालिकाको वाड नम्बर १९ स्थित इलाका स्वास्थ्य कार्यालयमा संचालित आईसोलेसनबाट विहीबार १९ जना कोरोना ठिक भई घर फर्किएका छन् । उनीहरुलाई बिदाई गर्न महानगरपालिकाका मेयर भीम पराजुली आफैं पुगेका थिए ।

स्थानीय तहले संकलन गरेका स्वाब प्रदेशको ल्याबमै थुप्रिन थालेपछि विराटनगर महानगरलाई आफ्नै ल्याब संचालन गर्न दबाब परेको थियो । “अब आफ्नै मेसिनबाट चाँडो नजिता आउने गरी प्रक्रियासमेत थालेका छौं, एउटा मेसिन आईसकेको छ,” मेयर पराजुलीले भने,“एउटा मेसिन पीसीआर मेसिन र अर्कोचाँहि चाँडो रिजल्ट दिने अर्को मेसिन खरिद गर्दैछौं ।

आज बेलुका पीसीआर मेसिन आईपुग्छ । चिकित्सकको परामर्श समितिले नै मेसिन छनोट गरी प्रक्रियागत रुपमा खरिद गरेका हौं ।” कोशी अस्पतालभित्रकै ल्याबमा दुबै मेसिन राख्ने र संचालन गर्ने विषयमा सहमति हुने मेयर पराजुलीले बताएका छन् ।

महानगरले संकलन गरेका स्वाब त्यहीं परीक्षण तथा चांडो नजिता दिलाउने प्रबन्ध गर्दैछ । महानगरका चिकित्सक तथा स्वास्थ्यकर्मीले संकलन गरेको स्वाबको नतिजा पाउन अब पाँच दिनसम्म पर्खनु पर्ने अवस्था नरहने पनि मेयर पराजुलीले सुनाए । चिकित्सक कामना शर्मा र सुशील तपडियासहितको परामर्श समूहले महानगरलाई मेसिनको विषयमा सुझाव दिएका थिए ।

मेसिन खरिद गर्न विराटनगरका उद्योगी तथा व्यवसायीले संस्थागत र व्यक्तिगत रुपमा समेत रु ७ लाखसम्म सहयोग गरेका छन् । ल्याबको संरचना तयार गर्न विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई रु. २५ लाख बजेट उपलब्ध गराएको थियो ।

महानगरले खरिद गरेको मेसिन रु. २८ लाख प्लस भ्याटको हो । महानगरलाई मेसिन खरिद गर्न मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ,उद्योगी तुलसीराम अग्रवाल,राजेन्द्र राउत, प्रदिप मुरारका, गोल्छा हाउस, प्रदेश सांसद केदार कार्की, कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपानेलगायतले आर्थिक सहयोग गरेका छन् ।

स्थानीय तहबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कोशीमा पठाइएको स्वाबको नतिजा पाँचदेखि छ दिनसम्म नआउँदा कन्ट्याक्ट ट्रेसिङमा परी नमूना दिएका तथा अन्यलाई समेत तनाव हुने गरेको छ । आज रातिदेखि विराटनगरमा लकडाउन सकिदैछ । यस विषयमा समेत थप बैठक बेसर निर्णय हुने बताइएको छ ।

गत जेठ ५ गते विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा २५० बेड क्षमता पु¥याउने तयारी सरकारले गरेको थियो । रु. एक करोड बजेटमा कामसमेत शुरु भएको थियो । तर, सामाजिक विकास मन्त्रालयले गर्ने कि भौतिक पूर्वाधार मन्त्रालयले गर्ने भन्ने अन्योल देखिदा काम भने सम्पन्न भएको छैन ।

सामाजिक विकास मन्त्रालयले विहीबारबाट भने दुई भेन्टिलेटर जडान भई संचालनमा आएको जनाएको छ । यसैगरी आईसियूसमेत संचालन भएको जनाइएको छ । निजी क्षेत्रले तीन महिनाअघि भेन्टिलेटर सहयोग गरेका थिए ।

एकजना बिरामीलाई भेन्टिलेटर र आईसियूको सुविधा नदिइँदा मृत्यु भएको भन्दै परिवारले उच्च अदालत विराटनगरमा रिट दिएपछि अदालतले उपचारमा भएका प्रगतिको र व्यवस्थापनको सबै विवरण अदालतमा पेश गर्न प्रदेश सरकारलाई आदेश दिएको छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved