किसानलाई घाँस काट्ने मेसिन

  • भदौ ३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम  / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ ।

कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो ।

नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए ।

नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योजना अनुसार अहिले नगरका किसानलाई गाई वितरण, घासको बीउँ र बिरुवा बितरण गर्नुका साथै भकारो सुधार कार्यक्रम समेत गरिरहेको छ । सूर्योदय नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले प्रतिगोटा ३० हजार मुल्यको मेसीनमा किसानले आधा लगानी गरेको बताए ।

पुरै अनुदान दिदा किसानको दायीत्व नदेखिने भएकाले किसानलाई थप जिम्मेवार बनाउन ५० प्रतिशत अनुसानको कार्यक्तम ल्याईएको जानकारी दिए । नगरपालिकाले ‘किसानसंग संमृद्धि’अभियान नामको कार्यक्रम नै नगरपालिकामा संचालन गरिरहेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved