जातीय भेदभाव विरुद्घ यामकलाले गरीन मूद्घा दर्ता

  • भदौ १, २०७७
  • "भगीरथ भण्डारी "
alt

इलाम / जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।
११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई मुद्धा दर्ता गरेकी हुन् ।

विवाहपछि आफ्नो माईती पक्षबाट पटक–पटक विभेद र अपमान सहनुपरेको स्मरण गर्दै यामकला भन्छिन– “माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन् ।” “दलितसँग विवाह गरेकै कारण मैले जे सहनु र भोग्नु प¥यो त्यो भावी पुस्ताले भोग्नु नपरास” उनले भनिन “म यहाँसम्म न्यायको भिख माग्न आएकी हुँ ।”

आफूलाई न्याय दिन र पींडितलाई हदैसम्मको कानूनी कारबाहीको मागसहित यामकलाले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले सोमबार नै दर्ता गरेको प्रहरी उपरिक्षक नवीनराज राईले बताए । घटनाको सत्यतत्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने उनले बताए । जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नं. २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए ।

अधिकारकर्मीको आपत्ति
यामकला आचार्य (विश्वकर्मा)लाई दलितसँग विवाह गरेको भन्दै परिवारका सदस्यसँग वुवाको काजकिरिया गर्न नदिएकोमा अधिकारकर्मीले आपत्ति जनाएका छन् । आचार्यलाई मृत्युपछि वुवाको अनुहार हेर्न समेत नदिएको र श्रीमानको घरमा एक्लै काजकिरिया गर्न बाध्य बनाइएको प्रति आपत्ति जनाएका हुन् ।
२१ औं शताब्दीमा पनि जातीयताको आधारमा भेदभाव गरेको भन्दै कारबाही माग गर्दै मानव अधिकार मञ्च नेपाल, , गैरसरकारी संस्था महासंघ जिल्ला शाखा इलाम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् इलाम र उत्पीडित जातीय अधिकार मञ्च इलामले विज्ञप्तीमार्फत अनुरोध गरेका हुन् ।
मानव समाजको कलङ्कको रुपमा रहेको जातीय भेदभाव र छुवाछूतको अपमान भोग्न बाध्य बनाइएकी यामकलाको न्याय तथा दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही होस् भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेका थिए ।vadvab

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved