समन्वय गरेर मात्रै कोरोना संक्रमित बिरामी पठाउन वीपी प्रतिष्ठानको आग्रह

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ ।
प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ ।
समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले संक्रमितहरु सिधै अस्पताल आउँदा व्यवस्थापनमा कठिनाई रहेको बताउँदै प्रतिष्ठानले तोकेको समन्वयकर्ता सँग समन्वय गरी मात्रै बिरामी पठाउन आग्रह गरेको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा समन्वयको अभाव बारम्बार दोहोरिन गएकाले सम्पर्क गरेर मात्रै बिरामी पठाउन उल्लेख गरिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘दिनहुँ जसो संक्रमित सँख्या बढिरहेको परिप्रेक्षमा संक्रमितहरु विभिन्न क्वारेन्टाईन, होल्डिङ सेन्टर र अस्पतालबाट आईनै रहनु हुन्छ, कतिपय ठाउँबाट हाम्रो समन्वयकर्ता सँग सम्पर्क नगरी संक्रमितलाई सिधै अस्पताल पठाइ दिने र अस्पतालमा वहाँहरुलाई राख्ने शैया खालि नहुँदा संक्रमितले घण्टौं कुर्नु पर्ने हुन जान्छ, त्यसैले समन्वय गरेर मात्रै बिरामीलाई पठाउन आग्रह गरिएको छ ।’

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved