धरानमा समुदाय स्तरमा कोरोना परिक्षण, दुई दिनमा ५ सयको स्वाब परिक्षण

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिका समुदाय स्तरमै कोरोना परिक्षण मंगलबार देखि शुरु गरेको छ ।
पछिल्लो समय कन्ट्रयाक्ट टे«सिङ नभएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थाले पछि २० वटै वडामा प्रतिनिधीमुलक कोरोना परिक्षणको लागि स्वाव संकलन गर्न थालिएको हो । मंगलबार देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताल परिषरमा स्वाव संकलन गर्न थालिएको छ । कोरोना संक्रमण देखिएका वडाहरुलाई बढी प्राथमिकतामा राखेर बढी भिडभाड हुने क्षेत्रहरुका गरि ५ सय जना स्थानीयहरुको स्वाव संकलन गरिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

शुरुवातमा धरानमा कोरोना संक्रमण नदेखिए पनि पछिल्लो सयम धरानमै विगत २÷३ महिना देखि बाहिर नगएकाहरुमा पनि कोरोना संक्रमण देखिन थाले पछि नगरको कार्यपालिका बैठकको निर्णय अनुसार कारोना संक्रमणको परिक्षण मंगलबार देखि शुरु गरिएको उनले बताए । उनले भने, ‘मंगलबार १ सय ५० जनाको गर्यौ, आज ३ सय ५० जना जतिको छ ।’ कारोना परिक्षण गर्न विभिन्न औषधी पसल, सब्जीपसल, बैंकका कर्मचारी, पत्रकार, व्यवसायीहरु, भाडाका सवारी साधनका चालकहरुलाई प्राथमिकता दिएको उनले बताए । स्वाव परिक्षणको रिपोर्टले धरान कतिको जोखिममा रहेको छ भन्ने निक्र्यौल हुने उनको भनाई छ ।

धरानमा १ साता भित्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार गराईरहेको छ । कोरोना संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिका साउन २८ गते सम्मका लागि बुधबार राती देखि लागु हुने गरि लकडाउनको घोषणा गरिएको छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved