धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यू भएको छ ।
आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा स्थानीय ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको मृत्यू भएको हो । गोठालो जाने क्रममा खोला तर्दा बगाएर याखाको मृत्यू भएको स्थानीय अर्जुन याखाले बताए । गाईबस्तु लिएर गोठालो गएकी बृद्धा खोला तर्ने क्रममा काठे पुलबाट चिल्लिएर खोलामा झरेकी थिईन् । खोलाले बगाएर झण्डै २ सय मीटर तल पु¥याएर ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको याखाले बताए ।
खोलाले बगाएर बृद्धाको मृत्यू भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी डाँडाबजार र ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको लासलाई पोष्टमार्टमका लागि सोमबार बिहान धनकुटा जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए ।