आर्थिक अभावले उपचार गराउन नपाएका बिरामीलाई होप धरानको पहलमा सहयोग प्रदान

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  आर्थिक अभावका कारण उपचारमा समस्या रहेका बिरामीहरुलाई होप धरानको पहलमा आर्थिक सहयोग गरिएको छ ।
धरानमा एक कार्यक्रमको आयोजना गरि होप धरानको पहलामा धरान ८ की प्यारालाइसिस भएकी खुशी लिम्बुलाई ५ हजार ५ रुपैया प्रदान गरिएको छ । उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनकी छोरी सम्झना लिम्बुलाई सहयोग रकम कार्यक्रमका प्रमुख अतिथी धरान वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कटुवालले हस्तान्तरण गरेका थिए ।

त्यसै गरि धरान ३ की गर्भवती महिलालाई पौष्टिक आहार नपाउँदा पेटमै बच्चाको मृत्यु भए पछि अप्रेसन गरेर प्रसुती गराउन आर्थिक अभाव भए पछि उनलाई पनि आर्थिक सहयोग गरिएको छ । धरान ३ की सम्झना राइको पेटमै बच्चाको मृत्यु भए पछि अप्रेशन गरेर बच्चा निकाल्नु पर्ने चिकित्सकले बताएका थिए ।

अप्रेसन गर्न आर्थिक अभाव भए पनि उनको अप्रेशन हुन सकेको छैन् । उनी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति विभागमा उपचार गराईरहेकी छिन् । होम धरानकी सदस्य कला पाठकले ५ हजार ५ रुपैया सहयोग गरेकी हुन् । त्यस्तै विद्या शाक्यले ५ हजार र सिता मगरले पनि २ हजार रुपैया राईको उपचारका लागि सहयोग गरेका छन् । राईको सहयोग रकम वडा नम्बर ३ की महिला वडा सदस्य उषा लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved