सिलिचोङका पहिरो पिडितलाइ इसाइ समाजद्वारा राहत बितरण

  • साउन ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  संखुवासभा को सिलिचोङ गाउपालिकामा गएको पहिरोले बगाउदा बिस्थापित बनेका परिवारलाइ प्रदेश १ इसाइ समाजको पहलमा संकलन भएको राहत सामग्री प्रदान गरिएको छ । गत असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्‍यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए ।

बिस्थापित परिवार लाई प्रदेश न.१ इसाई समाजको आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोग राहत बितरण गरिएको हो । सङ्खुवासभा जिल्ला इसाई समाज संयोजनमा गत बिहीवार ३ लाख रुपैया बराबरको राहत बितरण गरिएको छ । राहतमा प्रती परिवार २५ केजि चामल, फाइवर ब्ल्यान्केट बितरण गरिएको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए ।

समाजले गत श्रावण १ गते २५ घर परिवारलाइ पहिरो चरणको राहत बितरण गरेको थियो । समाजले संखुवासभा का पहिरो पीडित सङ्गै गत श्रावण ५ गते तेह्रथुमको सोल्मा ढाडे स्थित भालु खोलाले बगाएर मृत्‍यु भएकी तेह्रथुम जिरिखिम्तिकी ३६ बर्सिय अन्जना लिम्बुको परिवारलाई समेत आर्थिक सहयोग गरेको छ । लिम्बुको परिवार लाई जिल्ला तेह्रथुम र प्रदेश १ इसाई समाजले सँयुक्त रुपमा ४० हजार रुपैया आर्थिक सहयोग गरेको समाजका अध्यक्ष विक्रम एक्त्तेन लिम्बुले जानकारी दिनु दिए ।

राहत जिल्ला सङ्खुवासभा इसाई समाजको निगारानिमा कन्डुइट टिम नेपालका संयोजक बिरेन्द्र किस्कु , समाजका अध्यक्ष बिक्रम एक्तेन लिम्बु ,उपाध्यक्ष बिनोद मुर्मु , महासचिव मेहरमन ह्युज गिरीद्वारा जिल्ला बिपद ब्याबसस्थापन समितिलाइ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष लिम्बुले साहयोगि हात हरुलाई धन्यवाद दिदै समाज ले आफ्नो सामाजिक दायित्व पुरा गर्न को लागि अप्ठ्यारो मा परेकाहरुलाई सहयोग गर्दै आएको बताए । लकडाउन को समय मा पनि समाजका सकृयाता मा प्रदेश १ भरिका इसाई तथा गैर इसाईहरुलाई राहत बितरण गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा समाज सकृया रुपमा लाग्ने प्रतिबद्दता जनाए ।badi pahiro badi conduit siling

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved