धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगा मुल्यका १६ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा लगाएको छ ।
२०७४ सालदेखि २०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल २०७७ असार २५ गते फेला परेको थियो ।
गिरीलाई जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर एसपी गोविन्द अधिकारीले मोबाइल हस्तान्तरण गरेका छन् । त्यस्तै धनकुटा नगरपालिका–७ का सरोज भुजेलको ग्यालेक्सी जे फाईभ, इन्दिरा दाहालको ग्यालेक्सी जे फाईभ, बिमला श्रेष्ठको हुवाई एक्स प्रो नाईन, बबिता दाहालको एचटिसी मोबाइल पनि सो अवसरमा उनीहरुलाई एसपी अधिकारीले हस्तान्तरण गरेका छन् ।
प्रहरीले यो अवधीमा भोजपुर साल्पा सिलिचोङ्ग गाउँपालिका–१ का दिपेन्द्र कुलुङ राईको साम्सुङ्ग ग्यालेक्सी एम फोर्टी, धनकुटा नगरपालिका–६ घर भएका सरोजकुमार जोशीको साम्सुङ्ग ग्यालेक्सी जेटु प्राईम, साँगुरीगढी गाउँपालिका–१ का अजय कुमार लिम्बूको रेड मी नो फाईभ ए प्राईम ग्लोबल, ठेगाना नखुलेको डम्बरबहादुर कटुवालको साम्सुङ्ग ग्यालेक्सी ए टेन प्रहरी फेला पारेको जनाएको छ ।
त्यसै गरी धनकुटा नगरपालिका–७ का मीनप्रसाद सुवेदीको भिभो मोबाइल, महालक्ष्मी नगरपालिका–७ का एक व्यक्तिको ओप्पो ए ७१, धनकुटा नगरपालिका–१ हिलेका मोहन शाहीको ओप्पो एफ फाईभ युथ, धनकुटा नगरपालिका–१० होमप्रसाद अधिकारीको रेड्मी सिक्स, धनकुटा नगरपालिका–६ का फुलमाया शेर्पाको साम्सुङ्ग मोबाइल जेटु र धनकुटा नगरपालिका–६ कै बिमला शेर्पाको हुवाई वाई नाईन प्राईम मोबाइल फेला पारिएको एसपी अधिकारीले बताए ।
फेला पारिएका वा बरामद गरिएका मोबाइलहरु प्रहरीले अनुसन्धान गर्ने क्रममा विभिन्न प्रविधि र सूचनाको प्रयोगबाट प्रमाण जुटाएर तत्थ्यगत ढंगले चोरी गर्ने व्याक्तिहरुलाई बाध्यकारी बनाएर अधिकांशले प्रहरी कार्यालयमै नाम नछाप्ने शर्तमा ल्याई बुझाएका थिए । बरामद भएका मोबाइल सेटहरु सम्बन्धित व्यक्तिहरुलाई कार्यालयमा बोलाएर हस्तान्तरण गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।