इलामको माईखोलामा एक पुरुष मृत अवस्थामा फेला

  • साउन ९, २०७७
  • "भगिरथ भण्डारी "
alt

इलाम / इलाम स्थित माई खोला किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन ।
इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन ।

फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि इलाम अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यलय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुबेदीको भनाई छ । घटनास्थलमा भेटिएको उक्त लाशको हाल सम्म सनाखत हुन नसकेकोले निजको बारे कोही कसैलाई केही जानकारी भएमा प्रहरी कार्यालय इलाममा जानकारी गराउन अनुरोध गरेको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved