नवनियुक्त वीपीका रजिष्टार प्राडा रेग्मीद्वारा पदभार ग्रहण

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्टारमा नियुक्ति भएका प्रा.डा. मोहन चन्द्र रेग्मीले विहिबार देखि पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानमा एक औपचारिक कार्यक्रम गरि उनले पदभार ग्रहण गरेका हुन् । उनी गत ४ गते रजिष्टारमा नियुक्ति भएका हुन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा. डा. रेग्मीले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा सुधारको लागि कार्ययोजना बनाउने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहणको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवनियुक्त रजिष्टार रेग्मीले प्रतिष्ठानका सबै पक्षहरु सँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानमै अध्ययन गरि प्रतिष्ठान भित्रैबाट रजिष्टार पदमा नियुक्ति भएका रेग्मी पहिलो व्यक्ति हुन् । करिब १७÷१८ वर्ष देखि प्रतिष्ठानको हरेक समस्याहरुको विषयमा जानकार रहेकाले पदीय जिम्मेवारी प्रतिष्ठानकै विकाश र प्रगतिमा खर्च गर्ने बताए ।

उनले भने, ‘यहाँहरु माझ नै म भिजेर हुर्केको हुँ, हामीसँग धेरै समस्याहरु छन्, सबै भन्दा पहिले त हाम्रा कर्मचारीहरुको प्रमोसन जुन वर्षौ देखि अड्किरहेको छ । त्यस्तै तलब भत्ता सम्बन्धि कुराहरु छन्, यी समस्याहरुको समाधान पहिलो प्राथमिकतामा रहनेछ ।’ उनले पाएको जिम्मेवारीलाई चुनौतीपुर्ण रहेको बताउँदै उनले भने, ‘चिकित्सकले व्यवस्थापकिय जिम्मेवारी कसरी पुरा गर्ला भन्ने लागेको होला, थुप्रै उदाहरणहरु छन्, चिकित्सकले व्यवस्थापन गरेका, सबै सँग समन्वयकारी भुमिका निर्वाह गर्दै अघि बढ्नेछु ।’ प्रतिष्ठानको विकाश र प्रगतिका लागि कार्ययोजना बनाएर आफ्नो कार्यकालमै पुर्ण सफल बनाउने प्रतिबद्धता जनाए ।

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

घरभित्र अवैध भरुवा ब ...

मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved