पाँच दिन अघि भएको सशस्त्र प्रहरी सँगको झडपमा घाइते भएका साहवाज मियाँको मृत्यु

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ ।

गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो ।

मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भए पछि स्थानीयले मृतक परिवारलाई क्षतिपुर्तिको माग सहित शहिद घोषणा गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए ।

स्थानीयले आन्दोलन चर्काउन थाले पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलको संयोजकत्वमा विहिबार नै छलफल भएको थियो । छलफलमा मियाँको परिवारलाई १० लाख रुपैया क्षतिपुर्ति दिलाउन गृहमन्त्रालयमा पहल गर्ने सहमती भए पछि उनका परिवारले शव बुझेका छन् । मृतकलाई क्षतिपुर्ति दिने र घटनाको सत्यतथ्य छानविन गरि दोषि देखिए कारवाही गर्ने सहमती भएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । छलफलमा मियाँका परिवार सँग ५ बुँदे सहमती भएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved