पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर वृक्षरोपण

  • साउन ८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर ७ हजार भन्दा बढी वृक्षरोपण गरेको छ ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औं स्मृति दिवसको स्मरण गर्दै जिल्लाका सातै पालिकाहरुमा पार्टीको निर्देशन अनुसार ७ हजार ५ सय विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम सहित जिल्लाको सातै तहमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय, सहिदभूमि गाउँपालिकामा एक हजार ५ सय र छथर जोरपाटी गाउँपालिकामा एक हजार विरुवा रोपिएको छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा ७ सय, पाख्रीवास नगरपालिकामा एक हजार र धनकुटा नगरपालिकामा दुई हजार विरुवा रोपिएको नेकपा धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले बताए ।

जिल्लाका सातै तहमा पार्टीको नगर तथा गाउँ कमिटीहरुको व्यवस्थापनमा र जिल्लाका ६० वटै वडाहरुमा वडा कमिटीहरुको व्यवस्थापनमा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको थियो । वृक्षरोपण गरिएको विरुवाहरुमा सल्ला, एभोकाडो, धुपी, खयर, तेजपात, उत्तिस, रुद्राक्ष, कल्की, गोब्रेसल्ला, गुराँस लगायतका प्रजातिका रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राईले बताए । वृक्षरोपण पश्चात् आयोजित समाजवाद र कमरेड पुष्पलाल विषयक कार्यक्रमका वक्ताहरुले पुष्पलालले देखाएको बाटो कम्युनिष्टहरुले भुल्दै गएकाले चिन्ता व्यक्त गरे ।

मुलुकको तीनै तहमा दुई तिहाईको बहुमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार भएपनि गुट र उपगुटले पार्टी नै कमजोर बन्दै गएकाले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका अग्रज नेता गोपाल गुराँगाईले पार्टीमा देखिएको गुट उपगुटले कम्युनिष्ट पार्टी कमजोर बन्दै गएको बताउँदै सबै कम्युनिष्टहरु एक हुनु पर्नेमा जोड दिए । युवा संघका केन्द्रीय सदस्य बलदीप राईले सर्वहाराको पार्टी कम्युनिष्ट पार्टीको सरकार भएपनि नेताहरुको व्यक्तिगत स्वार्थका कारण जनताको भावना अनुरुप काम गर्न नसकेको बताए ।

उनले भने–‘हाम्रा नेताहरुबाट समृद्ध मुलुक निर्माण संम्भव नभएकाले अबको नेतृत्व युवाहरुलाई दिनु पर्ने बताए । युवाहरुबाट मात्र संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले देखेको सपना पुरा हुने समेत ठोकुवा गरे ।’ जिल्लाका सातै तहमा जिल्ला पार्टीका नेताहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठले पार्टी स्थापनामा पुर्याएको योगदान, पार्टीको बैचारिक तथा संगठनात्मक जगको निर्माणमा सहयोग पुगेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । ssssssssssssddddddddan santosh ruchal dhankuta 4 dhankurta

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved