धनकुटा / नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई विपद्को बेला सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेको छ ।
महासंघले २ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । केही बर्ष अगाडी स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषलाई बढाएर २ लाख २ हजार २ सय २२ रुपैयाँ पुर्याएको अध्यक्ष श्रेष्ठले बताए ।
महासंघले आफ्नो कार्यालयको दुई महिनाको सटर भाँडा समेत नलिने निर्णय छ । कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई महासंघको तर्फबाट सहयोग गरेको र अक्षयकोष स्थापना गर्दा सहयोग गर्ने सबैलाई महासंघको तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको सचिव विदुर खवासले बताए ।