ग्रमिण सडक लथालिङ्ग, विरामी पर्दा एम्बुलेन्स गुड्ने ठाउँ छैन

  • साउन ७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउछ भन्ने आसा बोकेका इलामका जनता जनप्रतिनिधि आउनु भन्दा पहिले भन्दा जनप्रतिनिधि आएपछि खनिएका बाटा जताततै भत्किएपछि निरास बनेका छन । पहिले सोलिङ गरेर हिउँद वर्खौ यतायात सञ्चालन हुने गरि बनाएका सडक जनप्रतिनिधि आएपछि सडक स्तरोन्नतिका नाममा सबै सोलिङ भत्काएको र केहि दिनदेखि परेको लगातारको वर्षाका कारण यातायात सञ्चालनमा समस्या भएको छ । यातायात सञ्चालन नभएपछि इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको हो । ग्रामीण क्षेत्रका अधिकाशं सडकमा गएको बाढि र पहिराले सडक अवरुद्ध बनेपछि यातायात सञ्चालन हुन समस्या भएको हो ।

इलामबाट माईपोखरि जाने बाटो पहिले सोलिङभएका कारण यात्रा सहज थियो तर अहिले सडक कालोपत्रे गर्ने योजनाले नया कटिङ भएपछि यातायात सञ्चालन हुन सकेका छैनन । ठाउँठाउँमा सडकहरू भत्किएका छन् । यातायात सञ्चालन हुन नसक्ने गरी हिलाम्मे छन् । सयौं ठाउँमा खाल्डाखुल्डी भएपछि गाउँ जोड्ने सडक सञ्चालनमा कठिनाई भएको छ ।

बाढी र पहिरोका कारण सडक भत्किएर जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्र पुग्ने गाडी सहजले गुड्न नपाएपछि नागरिकलाई यात्रा गर्न कठिन भएको छ । अधिकाँश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन बन्दै गएको हो ।

इलाम सदरमूकामबाट फाकफोकथुम गाउपालिकाको केन्द्र आमचोक, माङसेबुङ गाउपालिकाको केन्द्र चतुरे, माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार, सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार पुग्ने सडकमा यातायात सञ्चालन नहुँदा स्थानीयलाई समस्या भएको हो ।

त्यस्तै फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक बाट उत्तरे पञ्चमी हुँदै चल्ने यातायात गाउँपालिकामै रोकिएको छन । फाकफोकथुम गाउँपालिकाको २,६ र ७ नम्बरको फाकफोक र एकतप्पासम्म पुग्ने सवारी देउरालीमै थन्किएका छन । ४ र ५ नम्मरको फूएतप्पा र लुम्देबाट चल्ने यातायात दोवानमै थन्किएका छन ।

उता माईजोगमाई गाउँपालिकाको नयाँबजार हुँदै इलाम सदरमूकाम र सूर्योदय नगरपालिका फिक्कल पुग्ने यातायात गाउँबाटै निस्कन नसकेको पूर्वेलि जिप तथा ट्याक्सि व्यवसायी प्रालि इलामका अध्यक्ष गृष्म सुब्बाले जानकारी दिए । उनले भने पहिले बाटोको धेरै भागमा सोलिङ गरिएको थियो गाटि चल्न समस्या थिएन तर अहिले बाटो ठूलो बनाउने कार्यले गर्दा ट्याक्टर चल्न समेत समस्या भएको छ । कतिपय सडक त कालो पत्रेगर्ने योजनाका कारण सोलिङ भत्काएर पनि यातायता सञ्चालनमा समस्या भएको हो ।

सडक बिग्रिएकै कारण बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरू बजार पु¥याउन समस्या भएको छ । सडक हिलाम्मे भएको कारण धेरै ठाउँमा गाडी लैजान मुस्किल पर्ने गरेको देखिन्छ । त्यसैगरी बाटो बिग्रिएकै कारण विरामी पर्दा समेत एम्बुलेन्स सञ्चालन नहुँदा घण्टौसम्म स्टेचर र डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने समस्या भएको स्थानीय बताउँछन् ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved