भदौ १ देखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुल्ने

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको आन्तरिक तथा अन्तराष्ट्रिय उडान शुरु हुने भएको छ ।
कोभिड १९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले साउन २१ गते आन्तरिक र भदौ १ गते बाट अन्तराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेको थियो । मन्त्रीपरिषद बैठकले दुवै क्षेत्रको उडान भदौ १ गते देखि शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय साउन ७ गते सकिदैछ ।

बन्द रहेको व्यवसायिक हवाई उडान खोल्न सरोकारवालाहरुले सरकारलाई दबाब दिइरहेका थिए । व्यवसायिहरुले अगष्ट १ बाट आन्तरिक हवाई र अगष्ट १५ बाट अन्तरराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्न तथा सीमा नाका समेत खोल्न पनि माग गरेका थिए । कोरोनाको कारण सरकारले चार्टर उडान, उद्धार उडान, मेडिकल कार्गो उडान बाहेकका सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved