ट्यांकी निर्माणको नाममा शहीद स्मृति पार्कको लाखौंको संरचना भत्काइयो

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt विजयकुमार राई

बराहक्षेत्र । खानेपानी ट्यांकी निर्माणको नाममा शहीद स्मृति शान्ति पार्कले लगानी गरेको लाखौंको संरचना भत्काइएको छ । केन्द्रीय सरकारको लाखौंको लगानीमा निर्माण भएको कम्पाउण्ड वाल र साविक गाउँ विकास समितिले विनियोजन गरेको वार्षिक बजेटबाट निर्माण गरिएको संरचना भत्काइ खानेपानी ट्यांकी निर्माण गर्न थालिएको छ ।

सुनसरीको वराहक्षेत्र १ स्थित लालबस्तीमा निर्माणाधीन शहीद स्मृति शान्ति पार्क अतिक्रमण गरी स्थानीय तोरिबारी खानेपानी संस्थाले ट्यांकी निर्माण थालेको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि लगानी हुँदै आएको सरकारी रकम वालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ ।

तत्कालीन माओवादीले विकास गरेको लालबस्ती अगाडि शहीद स्मृति शान्ति पार्क निर्माण गर्ने उद्देश्यले साविक वराहक्षेत्र गा.वि.स. ले समेत आ.व. २०६६÷६७ देखि बजेट विनियोजन गर्दै आएको थियो । पार्क निर्माणका लागि तत्कालीन केन्द्रीय सरकारको शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट समेत २२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

विनियोजित बजेटबाट प्राविधिक स्टिमेट अनुसार कम्पाउण्ड वाल निर्माण कार्य सम्पन्न भइसकेको थियो । अन्य मुख्य संरचना निर्माण गर्न बाँकी रहेको अवस्थामा स्थानीय तोरीबारी खानेपानी संस्थाले निर्माणाधीन शहीद स्मृति तथा शान्ति पार्कको जग्गा अतिक्रमण गरी बनेको संरचना भत्काई निर्माण कार्य शुरु गरेको स्थानीयको भनाइ छ ।

खानेपानी ट्यांकी निर्माण गर्न विभिन्न विकल्प खोजी गर्न सकिए पनि निर्माणाधीन शान्ति पार्कलाई क्षतविक्षत गरी खानेपानीका लागि ट्यांकी निर्माण गरिएको शहीद परिवारका एक सदस्य डम्बरकुमार तुम्बाहाम्फेले बताए । ‘खानेपानी योजनाको यो कदमले शहीदहरुको अपमान गरेको हाम्रो ठहर छ ।’ तुम्बाहाम्फेले भने ।

गत असार १६ गते स्थानीय शहीद परिवारले जग्गा अतिक्रमण भइरहेकोमा रोकिदिन वराहक्षेत्र नगरपालिकाको न्यायिक समितिमा संयुक्त निवेदन पेश गरे पनि हालसम्म कुनै छलफल नगरिएको स्थानीय सुन्दर राईले बताए । राई भन्छन्, ‘हामीले वडामा पनि निवेदन हाल्यौं, नगरपालिकामा दियौं, खानेपानी सब डिभिजन कार्यालय सुनसरीमा समेत निवेदन ग¥यौं तर अहिलेसम्म कहिंकतैबाट समस्या समाधानका लागि छलफल समेत भएको छैन ।’

लकडाउनका कारण छलफल चलाउन नसक्दा ढिलाई भएको बराहक्षेत्र नगरपालिकाकी उपमेयर तथा न्यायिक समितीकी संयोजक कमला मगरले बताईन् । उनीहरु दुवै पक्ष बिच पनि केही कुरा बाँझेका कारण छलफल गराउने तयारीमा रहेको उनको भनाई छ । शुक्रबार देखि न्यायिम समितीमा आएका उजुरीहरु माथि छलफल शुरु भएकाले केही दिनमै शहिद स्मृति पार्क र खानेपानी टंकी निर्माणको विवादको विषयमा पनि छलफल हुने उनले बताईन् ।

यता खानेपानी उपभोक्ता समितीका अध्यक्ष डम्बर प्रसाद सिग्देलले भने शहिद स्मृति पार्कलाई संरक्षण नै गर्न खोजेको बताउँछन् । लामो समय देखि अलपत्र रहेको शहिद पार्कलाई संरक्षण गर्दै उनीहरुको सम्मान नै खोजेको उनले बताए । लथालिङग रहेको अवश्थामा बराहक्षेत्रवासीलाई खानेपानी टंकीको पनि आवश्यक्ता देखिएकाले २०७४ माघ १३ गते सर्वपक्षीय रुपमा छलफल गरि खानेपानी टंकी निर्माणको लागि सहमती जुटेको उनको भनाई छ । उनले भने, ‘शहिद पार्कलाई नमासिने गरि खानेपानी टंकी निर्माण गरिने, पार्कको नाम पनि पुरानै रहने, त्यहाँ शहिदहरुको सालिक निर्माण गरिदिने, शहिद परिवारलाई नै रोजगारीका लागि प्राथमिकता दिइने सहमती भएको छ ।’ पार्क स्थलमा खानेपानीको टंकी, चौकिदार भवन र शौचालय बाहेक पार्कलाई आकर्षण गराउने संरचना देखि अन्य संरचना निर्माण नगरिने पनि सम्झौतामा उल्लेख भएको बताए ।

 

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved