डुबानबाट कसरी जोगिदैछ इटहरी ? "यस्ता छन् उपमहानगरको योजना"

  • असार २९, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । अविरल वर्षाका कारण इटहरी उपमहानगरकामा अधिकांश क्षेत्र डुबानमा पर्न थालेका छन् । राजर्मागमा जमेको पानीले निकास पाउन नसक्दा तथा समयमै ढलको व्यवस्थापन र नियमित सरसफाई हुन नसक्दा इटहरी वर्षैपिच्छे डुबानमा पर्दै आएको हो । बर्षायाम सुरु भएसंगै बाटोको खाल्डाखुल्डीमा जमेको पानी र हिलोका कारण आम सर्बसाधरण संगै राजमार्गमा जोडिएका व्यवसायीहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

पटक–पटक डुबानमा पर्न थालेपछि स्थानीय सरकार इटहरी उपमहानगरले टेंग्रा खोलाको मुहान शेरामा बाँध निर्माणको कामलाई तिब्रता दिएपनि वर्षासंगै आएको भेल र बाढीले टेंग्राको डिल कटान गर्दै गाउ प्रवेस गरेर डुवान गर्ने गरेको छ । गत २०७४ साउन ३१ गते आएको बाढीले इटहरीको बिभिन्न क्षेत्र डुबानमा पार्नुका साथै इटहरी–४ गैरी गाउमा बुढीखोलमा आएको बाढीले भयानक रुप लिएको थियो । सो समय गैरीगाउँमा ४ जनाले जयान गुमाएका थिए भने ५० बढी परिवारहरुलाई उठिवास लगाएको थियो ।

बर्षा सुरु भएसंगै इटहरीमा सबैभन्दा बढि सहरी क्षेत्र संगै ग्रामिण क्षेत्रहरु मर्कामा पर्ने गरेका छन् । जसमा पनि ब्यापार ब्यबसायलाई भने अझ बढि असर पर्ने गरेको छ । नदी किनारामा पर्ने अधिकांश क्षेत्र प्रभावित हुने गरेका छन् । बाढीका कारण वडा २, ३, ४, ९, १०, ११, १२, १३ बढी प्रभावित हुने गरेका छन् । अविरल वर्षका कारण इटहरीको बुढी खोला, टेङ्ग्रा खोला, सेहेरा खोला, खेती खोला, बक्राहा खोलाहरुमा आएको बाढीले वर्षेनी डुबानमा पार्ने गरेको छ ।

यता यस बिषयमा इटहरी उपमहानगर अन्तरगत मेयर द्वारिकलाल चौधरीसंग सम्पर्क गर्दा उनले अघिल्लो वर्षहरु भन्दा यो वर्ष परेको वर्षाले इटहरीमा त्यति क्षती नपुर्याएको  दावी गरेका छन् । बढीजसो प्रभावित हुने इटहरीको टेंग्रा खोलाको मुहान शेरा खोलामा तटबन्धन निर्माण संगै अघिल्लो वर्ष देखि खोलामा आएको बाढीले आंशिक रुपमा क्षती पुर्याएको  मेयर चौधरीको भनाइ छ ।

अब आउने बाढीले फेरि पनि क्षति नपुर्याएको ओस भन्ने उद्देश्यसहित इटहरी उपमहानगरले दिर्घकालिन योजनाहरु बनाएको छ जस्तै बाढी आउनु अगावै खोलाहरु सरसफाई गर्दै जाने, इटहरी क्षेत्रको ढलहरु व्यवस्थापन गरिने र बढीजसो डुवान पर्ने क्षेत्रहरुमा नियमित खोलाको चौडाइ फराकिलो बनाउदै लाने जस्ता कामहरु गर्दै आएको मेयर चौधरीले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved