धनकुटा / पूर्वको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न भएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. १ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकिय पुर्वाधारको निर्माणको काम गरिएको हो ।
उक्त धार्मिकस्थलको प्रदेश सांसद आरसी तुम्बाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति–सांस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।
सो ठाउँलाई धनकुटाको भेडेटार र नमस्ते झरना पछिको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम गरिएको अध्यक्ष राईले बताए ।
उक्त स्थलको उद्घाटन गर्दै प्रदेश सांसद आरसी तुम्बाले आफुले निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फत शुरुवात गरेको र बाँकी काम स्थानीय सरकारले गर्नुपर्ने बताए ।
लेउती खोला उत्तरतिर बगेको हुनाले उत्तर बाहिनीको महत्व धार्मिक परम्परा अनुसार रहेको हुनाले यो क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रदेश सांसद तुम्बाको भनाई छ ।