धनकुटाको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न

  • असार २९, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / पूर्वको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न भएको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकिय पुर्वाधारको निर्माणको काम गरिएको हो ।

उक्त धार्मिकस्थलको प्रदेश सांसद आरसी तुम्बाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति–सांस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।

सो ठाउँलाई धनकुटाको भेडेटार र नमस्ते झरना पछिको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम गरिएको अध्यक्ष राईले बताए ।

उक्त स्थलको उद्घाटन गर्दै प्रदेश सांसद आरसी तुम्बाले आफुले निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फत शुरुवात गरेको र बाँकी काम स्थानीय सरकारले गर्नुपर्ने बताए ।

लेउती खोला उत्तरतिर बगेको हुनाले उत्तर बाहिनीको महत्व धार्मिक परम्परा अनुसार रहेको हुनाले यो क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रदेश सांसद तुम्बाको भनाई छ ।

dhankuta 1

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved