प्रशान्त मुदेललाई होप धरानको थप सहयोग

  • असार २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जन्मदै देखि मलद्वार बन्द हुने रोगबाट पिडित बनेका धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेललाई थप औषधी उपचारका लागि होप धरानको पहलमा संकलित ३२ हजार ५ सय रुपैया नगद हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरि मुदेलका बुबा प्रकाश मुदेललाई थप उपचारका लागि रकम हस्तान्तण गरिएको हो । राष्ट्रिय गायक दिप श्रेष्ठ सहित युकेमा आर्थिक संकलन गर्न पहल गरेका सोभिन सुब्बाकी दिदी शोभा सुब्बाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

मुदेलको पहिलो चरण अप्रेशन सफल भए पछि उनी औषधी खादै घरमै आराम गरिरहेका छन् । उनको दोस्रो चरणको अप्रेसन गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । दोस्रो चरणको अप्रेसनका लागि पनि सहयोग रकम संकलन भइरहेको छ ।
होप धरानको पहलमा युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार रुपैया सहित धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बार टेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय रुपैया नगद संकलन भएको थियो । युकेबाट भने सोभिन सुब्बाले संकलन गरेको रकममा सुब्बाले ६ हजार ७ सय ५०, निर्मला देवानले ७ हजार ५ सय, पम्फा माया राईबाट ४ हजार ५ सय र सावित्री राईबाट २ हजार २ सय ५० रूपैँया संकलन भएको थियो ।
यस अघि होप धरानले बालकको उपचारको लागी विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया संकलन गरिसकेको छ । ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यकृया रहेको चिकित्सकले बताएका छन ।
कार्यक्रमको अवसरमा होप धरानले राष्ट्रिय गायक दिप श्रेष्ठलाई सम्मान पनि गरेको छ । श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी धरान संगित प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ सहित होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । गायनको क्षेत्रबाट धरान सहित देशलाई नै अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नै कोभिड १९ को सुरक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्क समेत प्रदान गरिएको थियो । उक्त मास्क नेपाल पत्रकार महासंघका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै कृयाशिल पत्रकारहरूमा मास्क पुर्याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख अतिथी सुवर्ण श्रेष्ठ, गायक दिप श्रेष्ठ, महिला सञ्जालकी निर्वतमान अध्यक्ष शिला बज्राचार्य, लायन्स क्लब धरानका अध्यक्ष दिपक श्रेष्ठ, होटल एसोसियसन अफ धरानका अध्यक्ष सरोज भट्टराई लगायतले होप धरानको कार्य प्रति सह्रायिन भएको बताउँदै सामाजिक सेवाका लागि धन्यबाद दिएका थिए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved