मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण

  • असार २७, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले मकै पकटे क्षेत्र घोषणा गरेर मकै रोप्ने ५ वटा अत्याधुनिक मेसिन कृषकहरुलाई वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा नवज्योति बहुउद्देश्यीय कृषि सहकारी संस्था मार्फत महालक्ष्मी नगरपालिका–२ का कृषकहरुलाई नगरपालिकाले कमै रोप्ने ५ वटा अत्याधुनिक मेसिन सहित विभिन्न कृषि औजारहरु वितरण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ ।

परम्परागत कृषि खेती प्रणालीले श्रम बढी र उत्पादन कम हुने भएकाले कृषकहरुको आयआर्जनमा बृद्धि गर्दै आधुनिक खेतीतर्फ उन्मुख गराउन अहिले स्थानीय तहहरुले कृषकहरुलाई अत्याधुनिक मेसिनहरु खरिद गरेर वितरण गर्दै आएका छन् । सोही क्रममा नगरपालिकाले यसै चालु आर्थिक वर्षमा १२ वटा मिनी टिलर केही दिन भित्रमा वितरण गर्ने कार्यक्रम रहेको पनि नगर प्रमुख नेपालले बताए ।

यसैबीच धनकुटाको चौबिसे गाउँपालिकाले आधुनिक तरकारी खेतीलाई विस्तार गर्दै लैजाने उद्देश्यले कृषकहरुलाई प्लाष्टिकको टनेल ५० प्रतिशत मुल्य अनुदानमा वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल खरिद गरी कृषक समुह र व्यक्तिगत फर्महरुले माग गरेको आधारमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

चौबिसे गाउँपालिका तरकारीको पकेट क्षेत्र विस्तार गर्दै कृषकहरुको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार ५ वटा कृषक समुह र ३ वटा व्यक्तिगत फर्महरुलाई ३५ वटा प्लाष्टिकको टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्लाष्टिकको टनेल कृषकहरुलाई गाउँपालिकामा नै सहभागी गराएर गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले हस्तान्तरण गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्ष पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ ।107467169_737985927001686_8111898532329875204_n 108815082_954778318296333_5314119589171070687_n 108047112_374175376886055_3143552973598868072_n

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved