धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ ।
सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् ।
उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले बताइन् । वंगुरपालनलाई व्यवसायकोरुप्मा अघि बढाउन सके महिलाहरुको आर्थिक विकासमा सहयोग हुने पनि उनले बताइन् । सामना नेपालकी अध्यक्ष चेतना सेरेङले वैदेशिक रोजगारबाट फर्किएका अति विपन्न तथा निम्न आयस्रोत भएका र पुन वैदेशिक रोजगारमा जान नचाहने महिलाहरु मध्ये ७ जना छनोट गरेर वंगुरको पाठा वितरण गरेको बताइन् ।