वैदेशिक रोजगारी बाट फर्किएका महिलालाई वंगुरको पाठापाठी बितरण

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ ।

सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् ।

उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले बताइन् । वंगुरपालनलाई व्यवसायकोरुप्मा अघि बढाउन सके महिलाहरुको आर्थिक विकासमा सहयोग हुने पनि उनले बताइन् । सामना नेपालकी अध्यक्ष चेतना सेरेङले वैदेशिक रोजगारबाट फर्किएका अति विपन्न तथा निम्न आयस्रोत भएका र पुन वैदेशिक रोजगारमा जान नचाहने महिलाहरु मध्ये ७ जना छनोट गरेर वंगुरको पाठा वितरण गरेको बताइन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved