लिम्बुको समाधी स्थल भत्काएको बिरोध मा फेदापमा तालाबन्दी

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

तेह्रथुम । लिम्बुहरुको समाधी स्थल भत्काएको बिरोधमा फेदाप गाउपालिका को न्यायिक समितिको कार्यकक्षमा ताला लगाएका छन ।

केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधी स्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितीमा सघर्स समितिले तालाबन्दी गरेको हो ।

संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो ।

समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो ।

समाधी स्थल खनिएको विसय लाई लिएर स्थानीय सरकार प्रमुख लाई ज्ञापन पत्र बुझाउन खोजिए पनि ज्ञापन पत्र नलिए पछि स्थानीय न्यायीक समितिमा निवेदन दिईएको थियो । न्यायीक समितिले पनि कुनै कार्बाही अघि नबढाईएको ले आज तालाबन्दी गरिएको संघस समितिले बताएको छ ।

संघर्ष का आन्दोलन अनुसार यहि असार २१ गते अध्यक्ष को र २४ गते सम्पुर्ण गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरिने समेत घोषण गरिएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved