सुनसरी । क्यान्सर रोग पिडित सोलुखुम्बुका गाउँपालिका अध्यक्षको निधन भएको छ ।
पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।
निदान अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकले उनलाई गाउँ फर्कन सल्लाह दिए ।
चिकित्सकको सल्लाह अनुसार गाउँ फर्कने तयारी गरिरहेकै बेला उनको निधन भएको हो ।