आशिष भुजेल/ मोरङको उर्लाबारीमा अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय गर्न ब्यवसायीहरुलाई उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै हरेक दिन अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो ।
अर्को सूचना जारी नभएसम्म सोही समयसम्म पसल खुल्ला गर्न उर्लाबारी नगरपालिकाको बैठकबाट निर्णय भएको खड्गीले जानकारी दिनुभयो ।
ब्यापार ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यमा पनि ध्यान दिन ब्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।
छिमेकी रतुवामाई नगरपालिकामा २५ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि थप सचेत रहन उर्लाबारी नगरपालिकाले अनुरोध गरिसकेको छ ।