प्रदेश नं १ का नाकाबाट नेपाल आउने भन्दा भारत जानेको संख्या धेरै

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 विराटनगर । विश्व्यापी महामारीको रुपमा फैलिएकोे कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लगि सरकारले जारी गरेको लकडाउन जारी गरेको  छ ।

लकाडाउन जारी भएसगै प्रदेश १ का विभिन्न नाका बाट १० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्किएका छन् भने १८ हजार भन्दा बढी भारतीयहरु नेपालबाट भारत फर्किएका छन् ।

झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केको प्रदेश नं १ प्रहरी कार्यालयले जनाएको छ । यो तथ्याङ्क जेठ ३१ गते सम्मको हो ।

यस्तै नेपालबाट झापाको नाका हुदै भारत तर्फ जानेहरुको संख्या सबैभन्दा बढी छ ।
झापाको नाकाबाट १५ हजार ७ सय १२ , इलामबाट २ जना र मोरङबाट २ हजार ८ सय ८५ जना भारत तर्फ गएका छन् ।

प्रदेश १ मा सबैभन्दा धेरै झापाको काकडभिट्टाको पानीटयांङकी नाका र त्यसपछि मोरङको विराटनगर जोगबनी नाकाबाट मानिसहरु आवतजावत भएको देखिन्छ ।


भारतबाट फर्कनेहरुलाई प्रदेश मातहतका होल्डिङ एरियामा राखेर ज्वरो जाँचगरी सम्बन्धित जिल्ला मार्फत स्थानीय तहमा पठाउने गरिएको छ ।

 

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved