ईटहरी/ सरकारले कोरोना भाइरसको बहनामा भ्रष्टाचार गरेको भन्दै ईटहरी २० तरहराका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्
उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नेपाल भित्र रहेका क्वारिटिन व्यवस्थित बनाउनु पर्ने, विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखेकाका प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् ।
तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।