इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा भिषड आगलगाी भएको छ ।
बिहान हनुमान बस्त्रालयबाट शुरु भएको आगो नियन्त्राणमा लिने प्रयास भई रहेको छ । आगालागीबाट चार पशलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको छ ।
घटनास्थलमै रहेका इनरुवाका पत्रकार इकवाल आलमका अनुसार आगोको लप्कासंगै उठेको धुँवाका कारण इनरुवा बजार पुरै छोपिए छ । नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् ।
बिहान ५ बजे अचानक आगो शुरु भएको थियो । बस्त्रालयबाट अचानक आगलागी शुरु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर, विद्युत सर्ट भई आगलागीको अनुमान गरिएको छ ।
आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । इनरुवा नगरपालिकाको आफ्नो दमकल नभएका कारण टाढाका नगरपालिकाबाट आउँदा बढी क्षति स्थानीइको भनाइ छ ।