झापा । झापाका दुई नाकामा नेपाली सेना परिचालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँ पालिका र मेचीनगर नगरपालिकामा सेना परिचालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारीदिनुभयो ।
केचनाकेवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको छ ।